२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
ओलीको कारवाहीलाई अस्वीकार गर्दै नेपाल समूह देशव्यापी संगठन विस्तार अभियानमा
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २० शुक्रबार
  •  
  •  
  •  
  •  

136

काठमाडौं : पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारवाहीलाई बेवास्ता गर्दै माधव कुमार नेपाल समूह देशव्यापी संगठन विस्तार अभियानमा जुटेको छ ।

नेपाल–खनाल समूहले शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच संगठन विस्तार र पार्टी सुदृढीकरण अभियान घोषणा गर्दैछ ।

आज काठमाडौंमा सम्पन्न नेपाल खनाल समुहको स्थायी कमिटी बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लैजाने निर्णय पनि गरेको छ ।

नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी संगठनलाई सुदृढीकरण गर्न अभियान चलाउने निर्णय भएको जानकारी दिए।

अध्यक्ष ओली बरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरेको कारवाहीको निन्दा गरेको छ ।

सर्वाेच्च अदालतले नेकपा खारेज गर्दै साविककै नेकपा एमाले ब्यूताएपनि पार्टीमा समानान्तर गतिविधि रोकिएका छैनन् ।

भर्खरै