२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सूर्य थापालाई विवेकशीलका प्रवक्ताको प्रश्न : पुत्रशोकमा रोइरहेको तस्बिर राखेर घोचपेच गर्न कसरी सकेको ?
नेपालमञ्च संवाददाता
२०७७ चैत्र २० शुक्रबार
  •  
  •  
  •  
  •  

3.2K

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छोराको निधनले भावविह्वल भइरहेका बेलाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर सामाजिक सञ्जालमा राखेर घोचपेच गरेकोप्रति विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पनि आश्चर्य व्यक्त गरेका छन्।

नेकपा खारेजको फैसलाविरुद्ध प्रचण्डले दिएको पुनरवलोकन मुद्दा बिहीबार सर्वोच्च अदालतले अस्वीकार गरेपछि एमाले केन्द्रीय सदस्यसमेत रहेका ओलीका प्रेस सल्लाहकार थापाले छोरा प्रकाश दाहालको निधन भएका बेला प्रचण्ड रोइरहेको तस्बिर ट्विटमा राखेर कटाक्ष गरेका थिए।

तर व्यापक विरोध भएपछि थापा आफ्नो अमानवीय पोस्ट हटाउन बाध्य भएका थिए। त्यसको स्क्रिनसट भने अहिले पनि भाइरल भइरहेको छ। यसै प्रसंगमा विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले पनि विरोध जनाएका हुन्।

‘पचण्ड पुत्रको निधनले दुःख लागेर मैले चितवन क्षेत्र नम्बर ३ मा सो दिन र भोलिपल्ट चुनावी प्रचार स्थगित गरेको थिएँ,’ पाठकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुत्रशोकले विह्वल भएर प्रचण्ड रुँदाको फोटो राखेर प्रमका सल्लाहकार, उनका पूर्वसहकर्मी नेताले घोचपेचयुक्त ट्विट लेखेछन्, कसरी सक्छन् ! ’ उनले अगाडि लेखेका छन्, ‘सुसंस्कृत राजनीति आजको आवश्यकता।’

भर्खरै