२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
भारतबाट उद्दार गरिएका सातै वालिका-किशोरीलाई परिवारको जिम्मा लगाइयो
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १९ बिहीबार
  •  
  •  
  •  
  •  

132

जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरबाट सम्पर्कविहीन भएका बालिका–किशोरीलाई भारतको सितामढीबाट सकुशल उद्धार गरी बुधवार राति परिवारको जिम्मा लगाइएको छ ।

मंगलबार विहान घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए ।

खोजीका क्रममा उनीहरुलाई बुधबार दिउँसोमात्र भारतको सितामढीबाट प्रहरीले उद्धार गरेको थियो ।

आवश्यक प्रक्रिया पुर्‍याएर प्रहरीले उनीहरुलाई बुधवार साँझ नेपाल ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालय जलेश्वरमा उनीहरुसँग आवश्यक सोधपुर गरी घर लगेर परिवारको जिम्मा लगाएको महोत्तरीक प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई कसले भारत लग्दै थिए भन्ने विषयमा केहि खुल्न सकेका छैन । अनुसन्धान जारी छ ।

दलालले नै उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर भारत पर्‍याएको हुनसक्ने एसपी आचार्यको अनुमान ।

उद्धारपछि ती बालिका-किशोरीहरुले आफूहरु गायिका बन्न भारत आएको वयान दिएका थिए ।

भर्खरै