२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
घाँस काट्न गएका पाँच बालिकासहित ७ जना सम्पर्कविहीन
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १८ बुधबार
  •  
  •  
  •  
  •  

92

बर्दिबास : मंगलबार दिउँसो घाँस काट्न गएका महोत्तरीको भंगहा-८ धर्मपुरका पाँच बालिकासहित सात जना सम्पर्कविहीन बनेका छन्।

उनीहरू अबेर साँझसम्म नफर्किएको भंगहाका मेयर सञ्जीवकुमार साहले बताए।

मेयर साहका अनुसार ११ वर्षीया अर्चना पासमान, १२ वर्षीया सीमा र रञ्जना पासमान, १३ वर्षीया ज्योति र रिया पासमान, १७ वर्षीया नगिना पासमान र २० वर्षीया अस्मिता पासमान घर नफर्किएका हुन्।

‘धर्मपुरका चेलीबेटीहरू मंगलबार दिउँसो २ बजे घाँस काट्न गाउँभन्दा पूर्वको अजगेवाको चौरीमा गएका थिए। ४ बजे खेतमै रहेको बोरिङमा पानी खाएको पनि गाउँलेले देखेका रहेछन्’, मेयर साहले भने।

बालिकाहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको महोत्तरीका एसपी दिनेश आचार्यले बताए।

जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर रजोस घिमिरेको नेतृत्वमा लोहारपट्टी प्रहरी चौकी र भंगहा प्रहरी चौकीका प्रहरी टोली परिचालित छन्। भंगहा सशस्त्र बेस क्यापबाट पनि खटिएका छन्।

‘यत्रो ठूलो संख्यामा बालिकाहरू बेपत्ता नहुनुपर्ने हो ?’, एसपी अचार्यले भने, ‘हामीले खोजी गरिरहेका छौं।’

अन्नपूर्ण पोस्टमा समाचार छ ।

भर्खरै