२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सर्वोच्चले फैसला सच्याउने प्रचण्डको विश्वास, ‘फैसला प्राकृतिक भएन’
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १७ मंगलवार
  •  
  •  
  •  
  •  

132

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वाेच्च अदालतले नेकपा विभाजन गर्ने फैसला सच्याउने विश्वास व्यक्त गरेका छन् ।

आज अदालतमा फैसला पुनरावलोकनका लागि निवेदन दिइएपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले छिट्टै फैसला पुनरावलोकन गर्ने विश्वास गरेका हुन् ।

फागुन २३ गते सर्वाेच्चले नेकपा दल दर्ता कानुनविपरीत भएको भन्दै खारेज गरेको थियो ।

सर्वाेच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रले अदालतमा पुनरावलोकनका लागि निवेदन दिएको हो ।

प्रचण्डले रीट निवेदकको मागदावी भन्दा फरक तरिकारले सर्वाेच्चले राजनीतिक फैसला गरेको दावी गरे ।

‘गएको फागुनमा सर्वाेच्च अदालतबाट दुई वटा महत्वपूर्ण फैसला आयो । एउटा संसद पुनर्स्थापना र अर्काे पार्टीको नामबारे । पार्टीको नामबारे अदालतको फैसलामा हाम्रो असहमति थियो । अदालतको फैसला प्राकृतिक भएन । राजनीतिक भयो भनेर मैले निवेदन दर्ता गरेको हुँ,’ प्रचण्ड ले भने, हाम्रा पार्टीका बरिष्ठ नेताहरु र बरिष्ठ अधिवक्ताहरुले निवेदन दर्ता गराउन आएका छन् ।’

बरिष्ठ अधिवक्ता शम्भू थापासहितका बरिष्ठ अधिवक्ताहरु सर्वाेच्च पुगेका थिए ।

प्रचण्डले फैसलाहरुमा टिप्पणि भएपछि पुनरावलोकन भएका वि‘गतमा धेरै उदाहरण रहेको उल्लेख गर्दै आफूहरुको निवेदनमा पनि पुनरावलोकन हुने विश्वास गरे ।

‘एकता भएका दलहरुलाई विभाजन गर्ने सर्वाेच्चको फैसला आयो । नाम मात्र करेक्सन होस् भन्ने रीट निवेदकको माग थियो । तर सर्वाेच्चले मागभन्दा अगाडि बढेर राजनीतिक खालको फैसला गरेको छ,’ उनले भने, ‘यो फैसला सच्चिन्छ भन्ने हाम्रो विश्वास हो । एक/दुई दिनमै निर्णय आउला । यसमा ढिलो गर्नुपर्ने कुनै कारण छैन ।’

भर्खरै