२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
गोलको खडेरी तोड्दै नेपालले जित्यो उपाधि, बंगलादेशमाथि नेपालको ऐतिहासिक जित
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १६ सोमबार
  •  
  •  
  •  
  •  

91

नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको छ ।

सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि घरमै राखेको हो ।

नेपाललाई च्याम्पियन बनाउन सन्जोक राई र विशाल राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १-० को अग्रता दिलाए ।

सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यस्तै ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई

विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए ।

खेलको ८३औं मिनेटमा सब्सिच्युट महाबुबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २-१ ले स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल २-१ ले विजयी हुन सफल भयो ।

यससँगै ३७ वर्षपछि नेपालले घरेलु भूमिमा उपाधि जितेको छ । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।

लिग चरणमा नेपालले किर्गिस्तानको ओलम्पिक टोली र बंगलादेशसँग गोलरहित बराबरी खेल्दै लिगमा दोस्रो स्थानमा रहेको फाइनलमा स्थान बनाएको थियो ।

बंगलादेशले लिग चरणमा किर्गिस्तानको ओलम्पिक टोलीलाई १-० ले तथा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो ।

भर्खरै