२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेता नेपाल र रावललाई ओलीको चेतावनी : तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो (पत्रसहित)
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १६ सोमबार
  •  
  •  
  •  
  •  

167

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई सच्चिन आग्रह गरेका छन् ।

सोमबार दुबै नेतालाई ६ महिनाका लागि पार्टीबाट निष्काशित गरेका ओलीले आफ्ना क्रियाकलाप सच्चाए निलम्बनको अवधि घटाउन सकिने उल्लेख गरेका छन् ।

तर ६ महिनाभित्र पनि नसच्चिए निलम्बनको अवधिको बीचैमा थप कारवाही गर्न सकिने चेतावनी दिएका छन् ।

ओलीले नेता नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका भएको कारवाहीको पत्रमा उल्लेख गरेका छन् ।

‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो । आफ्ना विचार र क्रियाकलापहरू सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत जानकारी गराइन्छ,’ दुबै नेतालाई पठाइएको कारवाहीको पत्रमा उल्लेख छ ।

दुबै नेतालाई पार्टीका सबै जिम्मेवारीहरू तथा पार्टी सदस्यताबाटै पार्टी विधान २०४९ को धारा ४९ ख अनुसार ६ महिनाका लागि निलम्बन गरिएको हो।

पार्टी हीतविरुद्ध काम गरेको, पार्टीमा गुटगत राजनीति गरेको र पार्टी नेतृत्वलाई बदनाम गर्न लागिपरेको भन्दै अ‍ोलीले दुबै नेतालाई कारवाही गरेका हुन् ।

यसअघि ओली नेपाल, रावलसहित चार नेतालाई स्पष्टिकरण सोधेका थिए ।

नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने ओलीले कारवाही गरेका छैनन् ।

भर्खरै