२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
तराई होली : ‘विगतका वर्षमा जस्तो होली पर्व मनाउन पाइएन’ (भिडियोसहित)
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १६ सोमबार
  •  
  •  
  •  
  •  

104

होली

काठमाडौं : रङ्गहरुको पर्व होली तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाईएको छ ।

सोमबार रुपन्देही, नवपरासी, कपिलबस्तुसहित तराईका अधिकांस जिल्लाहरुमा वैमानस्यता त्यागेर, आपसी सद्भाव सहित एक आपसमा रंग दलेर होली पर्व मनाइएको हो ।

छिमेकी देश भारतमा कोरोनाको संक्रमण फैलिएकाले नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै सरकारले सार्वजनिक स्थलमा भीड नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गरेर होली पर्व मनाउन आग्रह गरेको छ ।

त्यसैले पनि गत वर्षहरुमा जस्तो होलीको रौनकता यसपाली देखिएको छैन । रुपन्देहीमा पनि आफन्त,छिमेकी र साथीभाई माझ सिमीत संख्यामा जम्मा भएर होली खेलेको देखिएको छ ।

त्यस्तै कोरोना भाइरसका कारणका होली कार्यक्रममा सहभागीहरु सबैले विगतका वर्षहरुमा जस्तो होली पर्व मनाउन नपाईएको बताए ।

होलीमा मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने,जबरजस्ती रंग लगाइदिनेहरुलाई कारबाही गर्ने र त्यस्ता उच्छृङ्खल गतिविधि रोक्न चोक चोकमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भर्खरै