
एजेन्सी । हाम्रो समाजमा ‘एक नारी ब्रम्हचारी’ भन्ने मान्यता छ । तर पछिल्लो समयमा कतिपयले बहुपुरुष या महिलासँग यौन सम्बन्ध राखेका खुलासाहरू गर्न थालिसकेका छन् । यसलाई धेरैले विदेशी गलत संस्कृतिको प्रभावका रूपमा हेर्ने गरेका छन् ।
अस्ट्रेलियामा एक महिलाले आफूले १० हजार मानिससँग यौन सम्बन्ध कायम गरेको बताएर चर्चामा आएकी छन् । ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले आफ्नो पुस्तक ‘द सेक्रेट ट्याबु’ नामको किताबमा सो खुलासा गरेकी हुन् ।
यौनकर्मी पेसामा रहेकी ग्वाइनेथले आफ्नो किताबमा यौन पेसामा रहँदा १५ वर्षमा आफूले हासिल गरेका अनुभवलाई सो किताबमा लेखेकी छन् ।
सो किताबमा उनले आफूले १० हजार मानिससँग यौन सम्बन्ध राखेको उल्लेख गर्दै एक सफल यौनकर्मी बन्ने टिप्ससमेत उल्लेख गरेकी छन् ।
आफूमाथि सामूहिक बलात्कार भएपछि उनले यौन पेसा अँगाल्ने निर्णय गरेकी थिइन् । आफ्नो पहिलो किताबमा उनले आफ्नो जीवनका उतारचढावका बारे उल्लेख गरेकी छिन् ।
उनले यौनपेसा छाडेर व्यावसायिक पाइलट बनेको र पछि गम्भीर रोग लागेपछि उपचारका लागि पैसा जुटाउन पुनः यौनपेसामै लागेको समेत बताएकी छन् । उनी अहिले यो पेसामा छैनन् । जवान महिला मात्रै यो पेसामा टिक्न सक्ने बताउने उनी हाल परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?