
ट्रान्सफ्याटको ठ्याक्कै नेपाली अर्थ त छैन तर हामीले यसलाई अति खराब चिल्लो भनेका छौँ । हामीले यसको नेपाली नाम पनि राख्न खोजिरहेका छौँ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा यसको नेपाली नाम अति खराब चिल्लो राख्ने कि भन्ने विषयमा छलफल भइरहेको छ । यसलाई छोटकरीमा अखचि भन्ने सल्लाह भएको छ ।
ट्रान्सफ्याटको स्रोत दुई प्रकारको हुन्छ । एउटा प्राकृतिक र अर्को कृत्रिम प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । कृत्रिम ट्रान्सफ्याट हाइड्रोजन र वनस्पति तेलको मिश्रणबाट कारखानामा बनाइन्छ ।
व्यापारिक दृष्टिकोणबाट लाभ लिन वनस्पतिबाट आउने झोल चिल्लोलाई हाइड्रोजिनेसन गरेर बाक्लो बनाइन्छ, यो कोठाको तापक्रममा जमेको हुन्छ, यो स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।
फ्याट अर्थात् फ्याटी एसिड दुई किसिमका हुन्छन् स्याचुरेटेड र अनस्याचुरेटेड ।पहिला हामी अनस्याचुरेटेड फ्याट वा तेलहरूलाई राम्रो भन्थ्यौ। अहिले अनस्याचुरेटेड फ्याट पनि दुई किसिमको हुने कुरा पत्ता लागेको छ ।
एउटा पोली अनस्याचुरेटेड फ्याटी एसिड र अर्को मोनो अनस्याचुरेटेड फ्याटी एसिड । मोनो अनस्याचुरेटेड पनि दुई किसिमको हुने गर्छ । एउटा ट्रान्सफ्याट र अर्को सिस फ्याट । सिस फ्याट सबैभन्दा राम्रो मानिन्छ तर अर्को ट्रान्सफ्याट भने सबैभन्दा हानिकारक छ ।
प्राकृतिक स्रोतमा ट्रान्सफ्याटको मात्र ५ देखि १५ प्रतिशत सम्म पाउँछौ भने व्यावसायिक रूपमा कृत्रिम उत्पादन गर्ने चिल्लोमा ट्रान्सफ्याटको मात्रा १५ देखि ६५ प्रतिशत सम्म हुन्छ । त्यसैले प्राकृतिक ट्रान्सफ्याट थोरै खादा हामीलाई त्यति असर गर्दैन तर आर्टिफिसियल अर्थात् कृत्रिम ट्रान्सफ्याट हामीले दिनभरिमा खाने फ्याटको २ प्रतिशत मात्र खानु उपयुक्त मानिन्छ ।
स्वादिलो हुनेभएकाले होटल तथा रेष्टुरेन्टहरुमा ट्रान्सफ्याटयुक्त खानेकुरा बढी बिक्रि हुन्छ । ट्रान्सफ्याटयुक्त खानेकुरा बढी समय टिक्नेभएकाले यसबाट व्यवसायीहरुले बढी नाफा कमाउछन् ।
ट्रान्सफ्याटले शरीरको राम्रो खाले कोलेस्ट्रोल घटाउँछ भने नराम्रो बढाउने गरेको देखिन्छ । राम्रो खालको एचडिएल कोलेस्ट्रोल धमनीमा जम्न दिँदैन भने नराम्रो एलडिएल कोलेस्ट्रोलले धमनीको भित्री भागमा धमनीलाई साँगुरो बनाउँदै जान्छ ।
यसरी ट्रान्सफ्याटले थुपारेको चिल्लोको बाहिरी पत्र फुट्छ र त्यसबाट रगत बाहिर आएर जम्ने हुनाले मुटुको धमनीलाई टालिदिन्छ । त्यसपछि हृदय घात हुने गर्दछ ।
यसले प्यान्क्रियाजको धमनीलाई पनि अवरोध गर्छ जसका कारण मधुमेहको समस्या निम्तन्छ । यसले मस्तिष्कभित्रको मसिनो धमनीमा पनि असर पु¥याउछ । मस्तिष्कभित्रको मसिनो धमनी अवरुद्ध हुँदा मस्तिष्क घात हुने गर्दछ । दोस्रो विश्वयुद्धपछि संयुक्त राज्य अमेरिकाले ट्रान्फ्याटयुक्त खाना प्रयोग गरेको थियो ।
खाना सर्वसुलभ मूल्यमा सबैको पहुँचमा पुर्याउन ट्रान्सफ्याटको सहारा लिएको पाइन्छ । यो चलन विश्वभरका देशहरूले अवलम्बन गर्न थाले अहिले विश्वका सबैजसो देशमा यसले समस्या निम्त्याएको छ । यसले मुटु रोगलगायत अन्य धेरै रोग बढेको पाइएकाले अब यसबाट कसरी बच्ने भनेर सोच्ने समय आइसकेको छ ।
हाल विश्वका ४० भन्दा बढी देशले प्रतिबन्ध लगाइसकेको छ । सबैभन्दा पहिले डेनमार्कले यसमा प्रतिबन्ध लगाएको थियो । सन् २००३ देखि २००७ सम्म डेनमार्क ‘ट्रान्सफ्याट’ नियन्त्रण गर्ने एक्लो मुलुक थियो ।
डेनमार्कले नै ‘ट्रान्सफ्याट’का कारण युवाहरूमा पनि हृदय घातको समस्या देखा परेको भन्ने रिपोर्ट विश्व स्वास्थ्य संघठनमा पेस गरेपछि विश्वस्वाथ्य सङ्गठनले ट्रान्सफ्याट’ नियन्त्रण गर्न आग्रह गर्न थालेको हो ।
नेपालमा अहिले ‘ट्रान्सफ्याट’को मापदण्ड निर्धारण गर्ने नीति नै छैन नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालमा ‘ट्रान्सफ्याट’ नियन्त्रणसम्बन्धी नीति तथा कानुन निर्माणमा आवश्यक पहल गरिदिन सरकार सँग आग्रह गर्दै आएको छ ।
कार्डियाक सर्जन डा. प्रेमराज बैद्य नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ट्रान्सफ्याट उन्मुलन गर्न अघि बढाएको परियोजनाका निर्देशक समेत हुन् ।
-
अस्पताल खारेज गर्ने निर्णय विरुद्ध नागरिक समाज आन्दोलित
-
अछामका १० वटा पालिकाको वार्षिक राजश्व ६ करोड
-
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
-
पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि
-
नरदेवी क्षेत्रमा प्रहरीले बढायो निगरानी, ३ जना हुण्डी कारोबारी पक्राउ
-
आगामी निर्वाचनमा हामी महिला प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्छौंः डिला संग्रौला
-
कांग्रेस जनप्रतिनिधिको दुई दिने अभिमुखीकरण कार्यक्रममा देउवाले प्रशिक्षण दिने
-
फोहोर बोक्ने गाडी तोडफोडमाथि कडा कारबाही गर्ने मेयर बालेन्द्रकाे चेतावनी
-
विहारमा नितिशले तोडे भाजपासँगको गठबन्धन
-
अर्जेन्टिना पुगे गोलरक्षक सर्जियो रोमेरो