२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
नेपाल र रावलको स्पष्टिकरणप्रति ओली असन्तुष्ट, केन्द्रीय कमिटीबाट कारवाही गर्ने संकेत
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १३ शुक्रबार
  •  
  •  
  •  
  •  

147

काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत गरेका छन् ।

एमालेको आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बरिष्ठ नेता नेपाल र रावलले बुझाएको स्पष्टिकरण पत्रको जवाफप्रति असन्तुष्टि जनाएका हुन् । उनले नेपाल र रावल कारवाहीको भागेदार भएको बताएका थिए ।

एमालेले पार्टीभित्र गुटबन्दी गरेको, पार्टी विभाजन गर्न खोजेको जस्ता आरोप लगाउँदै नेपालसहित चार नेतालाई स्पष्टिकरण सोधेको थियो ।

आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेपाल र रावलको जवाफ कारवाहीयोग्य भएको बताएका थिए ।

नेता नेपालले स्पष्टिकरणको जवाफमा उल्टै ओलीलाई कारवाही गर्नुपर्ने उल्लेख गरेका थिए ।

यसअघिका केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा नेपाल समूह अनुपस्थित रहँदै आएको थियो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा नेपाल समूह सहभागि भएको हो । नेपाल र रावल भने बैठकमा सहभागि भएनन् ।

भर्खरै