२०७८, २४ बैशाख शुक्रबार
Nepal 1:37:26 pm
Trending
#काेराेना #काेराेना खाेप अविश्वासको प्रस्ताव अविश्वास प्रस्ताव आजको मौसम एमसीसी कांग्रेस काठमाडौँ काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी धरहरा नवीन्द्रराज जोशी निषेधाज्ञा नेकपा एमाले नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मौसम लकडाउन शंकर पोखरेल शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सत्ता टिकाउन ओलीको तिकडम, महेश बस्नेतले भेटे रेशम चौधरी
नेपालमञ्च संवाददाता
२०७७ चैत्र १३ शुक्रबार
  •  
  •  
  •  
  •  

98

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता टिकाउन विभिन्न तिकडमहरु अपनाउन थालेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) विभाजनदेखि अपराधकर्मको सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई छुटाउनेसम्मका कामहरु गर्न प्रधानमन्त्री ओली अग्रसर भएका छन् ।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई आजीवन जेल सजाय भोगिरहेका जसपाका सांसद चौधरीलाई छुटाउन ओली राजी भएका छन् ।

जसपाको समर्थनमा सत्ता टिकाउन ओलीले सांसद चौधरीलाई रिहाई प्रक्रिया अगाडि बढाउने तयारी थालेका हुन् ।

सोही क्रममा ओलीका विशेषदूत बनेर सांसद महेश बस्नेतले कारागारमै पुगेर चौधरीलाई भेटेका हुन् । शुक्रबार बिहान सांसद बस्नेत डिल्लीबजार कारागार पुगेका हुन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकार संकटमा पर्ने भएपछि प्रधानमन्त्री ओलीले सत्ता टिकाउन जसपा सांसद चौधरीको रिहाई लगायत संविधान संशोधनका मुद्धा सम्बोधन गर्न सकारात्मक बनेका हुन् ।

जसपाले आफ्ना मागको सम्बोधन गरे सरकारलाई समर्थन गर्ने स्पष्ट पारिसकेको छ ।

यसबीचमा सरकार र जसपाका बीचमा पटकपटक छलफल भएको छ ।

जसपाले आफूहरुले उठाएका मुद्धा कार्यान्वयन हुनुपर्ने माग गरेकोछ ।

सरकारले जसपाका माग सम्बोधन गर्न सांसद चौधरीको रिहाई प्रक्रिया अगाडि बढाउन थालेको हो ।

बिहीबार मात्रै गृहमन्त्री रामबहादुर थापा माइतिघर पुगेर सांसद चौधरीको रिहाईको माग गर्दै धर्नामा बसेका प्रदर्शनकारीलाई सम्बोधन गरेका थिए ।

उनले चौधरी रिहाईको प्रक्रिया अगाडि बढेको बताएका थिए ।

गृहमन्त्री नै अपराधीको संरक्षणमा लागेको भन्दै चौतर्फी आलोचना भएको छ ।

साथै ओलीले विगतमा टीकापुर घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै आएका थिए ।

तीन वर्षसम्म जसपाले उठाएका मुद्धाको सुनुवाई नगरेका ओली अहिले सत्ता टिकाउन अदालतबाट दोषी ठहर भएका चौधरीलाई रिहाई गर्न तयार भएका हुन् ।

भर्खरै