
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपील गरेका छन् ।
आइतबार साँझ संयुक्त अपील जारी गर्दै सत्तारुढ दलका नेताहरुले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आह्वान गरेका हुन् । राष्ट्रिय सभा सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदैछ । १९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनकातर्फबाट संयुक्त उम्मेदवार रहेका छन् ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन अपील गरेका हुन् ।
‘यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठवन्धनबाट संयुक्त रुपमा अघि सारिएका उम्मेदवारहरुलाई विजयी गराएर गठवन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनितिक स्थायित्व सुनिश्चित गर्न हामी हार्दिक अपिल गर्दछौं,’ अपीलमा भनिएको छ ।
१९ सिटका लागि हुने निर्वाचनमा कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५–५, जनता समाजवादी पार्टीले दुई सिट र राष्ट्रिय जनमोर्चाको भागमा एक सिट परेको छ ।
कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि प्रदेश एकमा गोपालकुमार बस्नेत, वागमती प्रदेशमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ, लुम्बिनी प्रदेशमा युवराज शर्मा, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।
माओवादी केन्द्रबाट प्रदेश २ महिलामा उर्मिला अर्याल, गण्डकी अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगमा सुर्खेतका नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेश दलित कोटामा जगत पार्की उम्मेदवार बनेक छन् ।
त्यस्तै एकीकृत समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमती प्रदेशबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा र सुदूरपश्चिम प्रदेशबाट मदनकुमारी (गरिमा शाह) लाई उम्मेदवार बनाएको छ ।
जसपाबाट प्रदेश एकमा हेमराज राई र मधेश प्रदेशबाट अहमद खालिद उम्मेदवार बनेका छन् । राष्ट्रिय जनमोर्चाले लुम्बिनीबाट तुलप्रसाद विश्वकर्मा उम्मेदवार रहेका छन् ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?