Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • ओलीलाई कार्कीको जवाफ : सरकारको मूल्यांकन जनताले चुनावमा गर्छन्

    ओलीलाई कार्कीको जवाफ : सरकारको मूल्यांकन जनताले चुनावमा गर्छन्

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार सम्पूर्णमा असफल भएको भन्ने नेकपा एमालेको दावी गलत भएको बताएका छन् ।

    उनले संविधान अनुसार मुलुकलाई समृद्धिको बाटोमा सरकारले अगाडि बढाएको बताए ।

    आइतबार प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वक्तव्य जारी गर्दै वर्तमान सरकार असफल भएको दावी गरेका थिए ।

    ओलीको वक्तव्यको जवाफमा मन्त्री कार्कीले भने, ‘उहाँको (ओली) तीन वर्षको कार्यकालमा मुलुकलाई कुन दिशातर्फ अग्रसर गराउन खोज्नुभएको थियो, त्यसको समिक्षा आमनिर्वाचनमा जनताले गर्छन् ।’

    आइतबार बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले कानुनविद्सँग छलफल गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री कार्कीले ओली सरकार असफल भएकै कारण वर्तमान सरकार गठन भएको दावी गरे ।

    ‘अघिल्लो सरकार असफल भएरै यो सरकार आएको हो । यो सरकारले दीगो शान्ति, समृद्धि र स्थायित्वको बाटोमा लैजान्छ,’ मन्त्री कार्कीले भने ।

    साथै उनले संविधानको भावना अनुसार सरकार अगाडि बढेको स्पष्ट पारेका छन् । उनले संविधानलाई तहसनहस गरेर मुलुकलाई एकदलीय अधिनायकवादतर्फ उन्मुख गराउने अघिल्लो सरकारलाई विस्थापित गरेर बर्तमान सरकार गठन भएको भन्दै संविधान कार्यान्वयनमा आशंका नगर्न आग्रह गरे ।

    उनले संविधानको भावना अनुसार सरकारले मुलुकलाई निर्देशित गर्ने समेत बताए ।

    ‘संविधानको मूल स्पिरिट अनुसार सरकार चलेको छ । विगतको सरकारले संविधानलाई तहसनहस गरेको थियो । अधिनायकवादी व्यवस्थातर्फ मुलुकलाई अगाडि बढाउने प्रयास अघिल्लो सरकारले गरेको थियो,’ मन्त्री कार्कीले भने, ‘यो सरकारले मुलुकलाई संविधानको व्यवस्था अनुसार अगाडि बढाउँछ । हामी संविधानको भावना र स्पिरिट अनुसार चल्छौं । संविधानको भावना अनुसार मुलुकलाई निर्देशित गर्छाैं ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend