
काठमाडौं । कानुनविद्हरुले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकारलाई सुझाव दिएका छन् । निर्वाचनसम्बन्धी संविधानको व्यवस्था र निर्वाचन ऐन एकअर्कासँग बाझिएपछि कानुनविद्हरुले कानुन संशोधन गर्न सुझाव दिएका हुन् ।
सत्तारुढ गठबन्धनमा आवद्ध पाँचदलका शीर्ष नेताहरुले आइतबार कानुनविद्हरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।
बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानसँग बाझिएका कानुनहरु बाझिएकाहरुसम्म अमान्य हुने भएकाले कानुन संशोधन गर्ने सुझाव आएको बताए ।
‘स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार यस संविधानसँग बाझिएका कानुनहरु बाझिएकाहरुसम्म अमान्य हुनेछ भन्ने व्यवस्था भएकाले सो अनुसार कानुन संशोधन गर्ने सुझाव आएको छ,’ मन्त्री कार्कीले भने ।
सरकारले तीन तहको निर्वाचनका लागि तयारी अगाडि बढाइसकेको छ ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?