
काठमाडौँ – नेपाली सेनाका उपरथी अनन्त कार्की भोलीबाट बिदामा बस्ने भएका छन् ।
आफ्नो पदावधि थप नगरेको भन्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयमा उजुरी दिएका कार्की भोलीबाट बिदामा बस्ने भएका हुन् ।
पदावधि थप नभएपछि उपरथी कार्कीले माघ २३ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । सैनिक प्रवक्ता नारायण सिलवालले उपरथी कार्की सोमबाट बिदामा बस्ने जानकारी दिए ।
यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीबाहेक अन्य दुई जना उपरर्थीको कार्यकाल दुई वर्ष थप गरेपनि कार्कीको भने थप गरेको थिएन । दुई वर्ष पदावधी थप हुने उपरथीहरुमा सिताराम खड्का र ताराध्वज पाण्डे रहेका छन् । प्रधानसेनापति शर्माले उपरथीहरु खड्का र कार्कीको मात्र पदावधि थपका लागि रक्षा मन्त्रालयमा पठाएका थिए ।
प्रधानसेनापतिले आफूलाई अन्याय गरेको भन्दै उपरथी कार्कीले प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयमा उजुरी दिएका थिए । सेनामा उपरथीको कार्यकाल थप गर्ने वा नगर्ने अधिकार प्रधानसेनापतिलाई हुन्छ ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?