
काठमाडौँ – नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओली कोरोना संक्रमित भएको जानकारी गराउँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । तर, ओली पत्नी राधिका शाक्यलाई भने कोरोना संक्रमण नभएको स्पष्ट पारेको छ ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले आइतबार दिउँसो अध्यक्ष ओलीलाई संक्रमण पुष्टि भए पनि पत्नी शाक्यलाई भने कोरोना संक्रमण नभएको जनाउँदै अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।
‘हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं,’ रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?