
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको पत्रको कानूनी उपचार खोज्ने भएको छ।
आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्रबारे कानूनी उपचार खोज्ने निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए ।
त्यस्तै राप्रपाले आयोगले पठाएको पत्रको जवाफ उचित समयमा दिने भन्दै बैठकले आयोगको पत्रबारे कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय भएको महामन्त्री पाठकले जानकारी दिए ।
साथै राप्रपाले आयोगको निर्देशन पूर्वाग्रही रहेको ठहर गरेको छ । पदाधिकारी बैठकपछि जारी विज्ञप्तिमा पार्टीको विधानको धारा ४ (क)मा उल्लेखित झण्डाको मध्ये भागमा गाई चिन्ह भएको भन्ने वाक्यंश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनी आयोगले पठाएको पत्र पार्टीको मूल्य मान्यता विपरित रहेको, विगतमा पार्टीले प्रयोग गर्दै आएको, निर्वाचन आयोगलेसमेत मान्यता प्रदान गरेको राप्रपाको झण्डामा र राप्रपाको चुनाव चिन्हको रुपमासमेत प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमासमेत निर्वाचित रहेको अवस्थामा आयोगको निर्देशन पूर्वाग्रही देखिएको ठहर राप्रपाको छ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?