
काठमाडौं । आईसीसी यु–१९ विश्व कप-२०२२ मा भारतीय ब्याटर राज बाबाले इतिहास रचेका छन् । उनले शिखर धवनको नाममा रहेको १८ वर्ष पुरानो कीर्तिमान शनिबार भंग गरेका हुन् ।
राज बाबाले शानदार इनिङ खेल्ने क्रममा भारतले युगान्डामाथि तीन सय २६ रनको विशाल जित निकालेको थियो । युगान्डाविरुद्ध राजा बाबाले एक सय ६२ रन बनाउँदा अंगकृस रघुबंशीले एक सय ४४ रन बनाएका थिए । दुई खेलाडीले तेस्रो विकेटको लागि दुई सय ६ रन बनाएका थिए ।
दुई खेलाडीको शतकसँगै भारतले समूह ‘बी’मा ५ विकेट गुमाउँदै युगान्डाविरुद्ध चार सय पाँच रनको विशाल योगफल तयार पारेको थियो । एक खेलअघि नै क्वाटरफाइनल प्रवेश गरेको भारतीय टोलीका लागि एक सय २० बलमा २२ चौका र चार छक्काका साथ अंगकृसले एक सय ४४ रन बनाए ।
राज बाबाले एक सय ६२ रन बनाउने क्रममा एक सय आठ बल खेल्दै १४ चौका र आठ छक्का प्रहार गरे । राज बाबा यु-१० विश्वकपको इतिहासमा भारतबाट एक इनिङमा सबैभन्दा बढी रन बनाउने ब्याटर बने ।
यसैको साथ शेखर धवनले सन् २००४ मा स्कटल्याण्डविरुद्ध ढाकामा बनाएको एक सय ५५ रनको कीर्तिमान भंग भएको हो ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?