Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • लाइसेन्स नविकरणमा पुगेकी नर्स नक्कली परेपछि…

    लाइसेन्स नविकरणमा पुगेकी नर्स नक्कली परेपछि…

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    काठमाडौँ – नेपाल नर्सिङ काउन्सिलले साढे सात वर्ष अघि जारी भएकोे नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टी गरेको छ ।

    काउन्सिलको लाइसेन्स नविकरणका लागि निवेदन दिएकी रञ्जुकुमारी चौधरीको कागजपत्र अध्ययनका क्रममा उनले अर्कैको नाममा रहेको दर्ता नम्बर लिएको खुलेको हो । सप्तरीको शम्भुनाथ नगरपालिका ६ की रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा नर्सको लाइसेन्स लिएको भन्दै काउन्सिलमा पुनः नाम दर्ता अर्थात नविकरणका लागि कागजपत्र पेश गरेकी थिइन् ।

    चौधरीले आफ्नो लाइसेन्स नम्बर २६४६८ रहेको विवरण काउन्सिलमा पेश गरेकी थिइन् । काउन्सिलले उनको नविकरणको प्रक्रिया अगाडि बढाउने क्रममा उक्त नम्बरमा अर्कैको नाम रहेको पत्ता लगाएको हो । त्यसपछि आवश्यक कागजपत्र अध्ययन गर्दा चौधरीले अर्कैको नम्बर राखेको पत्ता लागेको काउन्सिलले जनाएको छ ।

    चौधरी नक्कली नर्स भएको पत्ता लागेपछि काउन्सिलले सार्वजनिक सूचना जारी गर्र्दै उनी दर्तावाल नर्स नभएको र कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । गत २८ पुसमा बसेको बोर्ड बैठकल रञ्जुमाथि आवश्यक कानूनी कारवाही अघि बढाउने निर्णय गरेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend