
काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले भौतिक पूर्वधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै समाजले जनमत पार्टीका अध्यक्ष सिके राउत र किसानहरुको हत्या गर्ने अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको हो ।
यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति मन्त्री पदको गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै बर्खास्त गर्न समाजले माग गरेको छ ।
मन्त्री यादवको अभिव्यक्तिले अपराधलाई बढावा दिने भन्दै समाजले मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको हो ।
साथै सीके राउत नेतृत्वको जनमत पार्टीका अराजक र उच्छृंखल गतिविधिको समेत समाजले निन्दा गरेको छ ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?