Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • स्थानीय तहको निर्वाचनबारे कानून व्यवसायीहरुसँग छलफल गर्दै गठबन्धन

    स्थानीय तहको निर्वाचनबारे कानून व्यवसायीहरुसँग छलफल गर्दै गठबन्धन

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    काठमाडौँ – सत्तारुढ गठबन्धनले कानून व्यवसायीहरुसँग छलफल गर्दैछ । पाँच दलीय गठबन्धनले आज स्थानीय तहको निर्वाचनका विषयमा कानूनविद्हरुसँग छलफल गर्ने भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे छलफल हुने भएको छ । गत शुक्रबार सत्तारुढ गठबन्धनसम्बद्ध सरकार संचालन समन्वय समितिको बैठकले स्थानीय तहको निर्वाचनबारे कानुनविद्हरुसँग परामर्श गर्ने निर्णय गरेको थियो ।

    बैठकमा तीन पटकमा सम्पन्न भएका स्थानीय तहका निर्वाचन, संविधान र कानुन अनुसार तिनको समयावधि, एकैपटक निर्वाचन गर्दा बाझिने सक्ने कानुनी ब्यवस्था र त्यसको उपाय, संघ र प्रदेशको निर्वाचन आदिबारे गठबन्धनको तर्फबाट विज्ञहरुसँग छलफल निर्णय भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend