Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • प्रचण्ड पत्नी सीता दाहाललाई पनि कोरोना संक्रमण

    प्रचण्ड पत्नी सीता दाहाललाई पनि कोरोना संक्रमण

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाललाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

    लामो समयदेखि विरामी भएर घरमै आराम गर्दै आएकी दाहाललाई कोरोना संक्रमण पुष्टि भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि एक साताअघि मात्रै कोरोनामुक्त भएका थिए ।

    आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी धर्मपत्नी राधिका शाक्यलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    नेपालमा पछिल्ला केहि सातायता कोरोना संक्रमणको दर बढेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend