Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना पुष्टि

    एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना पुष्टि

    नेपालमञ्च संवाददाता
    माघ ९ २०७८, आइतबार

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । साथै ओली पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण देखिएको हो ।

    शनिबार गरिएको पीसीआर परीक्षणमा दुबै जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

    ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो ।

    ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।

    दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend