
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले निर्वाचन आयोगको निर्देशनात्मक पत्रप्रति आपत्ति जनाएका छन् ।
राप्रपाको विधानबाट राजसंस्था, हिन्दुराष्ट्र र झण्डाबाट गाई चिन्ह हटाउन आयोगले दिएको निर्देशनप्रति पूर्व अध्यक्ष थापाले आपत्ति जनाएका हुन् ।
आयोगले माघ २ गते पत्र पठाएर संशोधित विधान र नियमावली ७ दिनभित्र पेस गर्न राप्रपालाई निर्देशनात्मक पत्र पठाएको थियो ।
राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह पनि हटाउन आयोगले निर्देशन दिएको छ। नेपालको राष्ट्रिय जनावरको तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने भन्दै आयोगले राप्रपाको विधानको धारा ४(क) मा उल्लेखित झण्डाको मध्य भागमा गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई सोही बमोजिम अनुसूचीमा समेत उल्लेख गर्न भनेको छ ।
हिन्दु राष्ट्र र राजसंस्थाको मुद्धा बोकेको राप्रपा निर्वाचन आयोगको निर्देशनात्मक पत्रपछि अलमलमा परेको छ । राप्रपाको यसअघि चुनाव चिन्ह गाई थियो । राप्रपा घटकदलहरुसँगको एकतापछि चुनाव चिन्ह हलो भएको छ भने झण्डामा गाई चिन्ह राखिएको छ ।
राप्रपाका पूर्वअध्यक्ष थापाले आयोगको पत्रप्रति आपत्ति जनाउँदै भने, ‘निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट गाई हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।’
उनले विगतमा पनि आयोगले यस्ता निर्णय गर्ने गरेको भएपनि आफूले त्यसलाई उल्टाउन सफल भएको उल्लेख गरेका छन् ।
‘विगतमा यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ। माघ २ गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ ?’ उनले प्रश्न गरे ।
राप्रपाको नेतृत्व अयाोगको पत्रप्रति मौन छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आयोगको पत्रप्रति सार्वजनिक रुपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट 'गाई'हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ।माघ २गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ? pic.twitter.com/wUUz0dDIm0
— Kamal Thapa (@KTnepal) January 22, 2022
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?