
जनकपुरधाम । मधेस प्रदेशमा कोभिड–१९ का संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश सभाका महिला, बालबालिका तथा सामाजिक न्याय समितिले प्रदेश भित्र रहेका नेपाल भारतका सिमा नाकामा होल्डिङ्ग सेन्टरसहितको तत्काल व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ ।
समितिको बैठकले छिमेकी मुलुक भारतसँग सिमा जोडिएको मधेस प्रदेशमा कोरोना महामारीको जोखिम उच्च रहेकोले तत्काल सिमा नाकाको भारतबाट आउने यात्रुको लागि होल्डिङ्ग सेन्टर, हेल्प डेस्क, एन्टीजेन टेस्ट तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ ।
समितिका सभापति जयनुल राइनको सभापतित्वमा भएको बैठकले कोरोना भाइरस छिटै नै सर्ने गरेकोले पनि त्यसमा कुनै लापरबाही नगरी तत्काल सिमा नाकाहरूमा कडाइ गर्न निर्णय गरिएको प्रदेश सभा सचिवालय सचिव रञ्जित यादवद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अन्य प्रदेशहरूमा होल्ङ्गि सेन्टरहरूको निर्माण भइरहे पनि मधेस प्रदेशमा अहिलेसम्म त्यसको गृहकार्य देखिएको छैन ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?