
महोत्तरी । महोत्तरीमा घरेलु हिंसाका घटना ह्वात्तै बढेका छन् । कात्तिकदेखि पुस मसान्तसम्म २ सय १ वटा घरेलु हिंसाका घटनाको ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जसमध्ये १२७ वटा महिला र ७४ वटा पुरुषका ठाडो उजुरी परेका छन् । धेरैजसो महिला हिंसाका घटना नै छन् । दाइजो, गरिबी तथा अन्धविश्वासका कारण नै महिला घरेलु हिंसाको सिकार बनेको प्रहरीको बुझाइ रहेको छ ।
पुरुष हिंसाका घटना पनि हुँदै नभएका होइनन् । प्रहरीका अनुसार कात्तिकदेखि पुस मसान्तसम्म ७४ पुरुष हिंसाका ठाडो उजुरी परेका छन् । यो संख्या महिला हिंसाको तुलनामा कम हो ।
पुरुषका ठाडो उजुरीमा महिलाहरूले सम्पत्ति लिएर अर्कैसँग पोइल गएको, विदेशबाट पैसाको हिनामिना गरेको जस्ता घटना बढी दर्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घरेलु महिला हिंसाका घटनामा भने अघिल्लो वर्षको तुलनामा अत्यधिक वृद्धि भएको प्रहरीको तथ्यांक छ । महिला हिंसासँग सम्बन्धित १ सय २७ वटा घटना मध्ये कात्तिक महिनामा मात्र ६१ घटना दर्ता भएका छन् । मंसिर महिनामा ती घटना बढेर ६६ पुगेका छन् । यसले हिंसाका घटना बढ्दो क्रममा रहेको देखाएको छ ।
ठाडो उजुरीको आधारमा महिला हिंसासँग सम्बन्धित ४८ वटा घटनाहरू फर्छ्यौट हुन बाँकी छन् । अहिलेसम्म ९ वटा घटना मात्र अदालतमा पुगेको प्रहरीले जनाएको छ ।
त्यसैगरी पुरुषसँग सम्बन्धित अर्थात् पुरुष पीडित भएका घटना मध्ये फर्छ्यौट भैसकेका २६ वटा छन् भने फर्छ्यौट हुन बाँकी ४६ वटा छन् । अहिलेसम्म अदालतमा दुई वटा घटनामाथि मुद्दा दर्ता भएका छन् ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?