
काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले यस अवधिसम्मा ८३ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२ दशमलव ७९ प्रतिशतले कम हो । गत वर्ष बैंकले ९६ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यसको खुद ब्याज आम्दानी भने १२ दशमलव ५० प्रतिशतले बढ्दा सञ्चालन नाफा भने १२ दशमलव ७४ प्रतिशतले घटेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको वितरणयोग्य नाफा दुई अर्ब ४६ करोड रुपैयाँ छ ।
समिक्षा अवधिमा बैंकको नौ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा आठ अर्ब ३० करोड रुपैयाँ छ । यस अवधिमा बैंकको निक्षेप संकलन मा तीन दशमलव १२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ११ दशमलव ७२ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ८३ पैसाले घटेर १७ रुपैयाँ आठ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने २२१ रुपैयाँ ११ पैसा छ ।
-
लमजुङका ७५ वडा मध्ये दुई वडामा मात्र महिला निर्वाचित
-
चितवनमा रेनलाई ८ हजार ४९४ मतको अग्रता
-
एन्फा अध्यक्ष कर्माछिरिङको भोलि शक्ति प्रदर्शन
-
सप्तरीका पाँच स्थानमा कांग्रेस विजयी, अन्यमा कुन पार्टी ?
-
बालेनलाई १७,४२४ मतको अग्रता, भोलिसम्म आउँला अन्तिम परिणाम ?
-
बलात्कार मुद्दामा हदम्याद हटाउन महिला सांसदहरुको माग
-
बाबुरामको गृह प्रदेशमा किन कोही निर्वाचित भएनन् जसपाबाट ?
-
गठबन्धनलाई पराजित गर्दै धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ विजयी
-
डाक्नेश्वरीको मेयर र उपमेयरमा एमाले विजयी
-
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरी घोषणा, कसका के निर्णय ?