Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • प्राइम बैंकको नाफामा सात दशमलव ४३ प्रतिशतको गिरावट

    प्राइम बैंकको नाफामा सात दशमलव ४३ प्रतिशतको गिरावट

    नेपालमञ्च संवाददाता
    माघ ७ २०७८, शुक्रबार

    काठमाडौँ । प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ४३ प्रतिशत घटी हो ।

    चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले यो यस अवधिसम्ममा बैंकको वितरणयोग्य नाफा भने ८८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

    गत आर्थिक वर्षको यहि अवधिसम्ममा बैंकले एक अर्ब ८१ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पाँच दशमलव १८ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा सात दशमलव ०७ प्रतिशत घटेको छ । बैंकको नेट फि तथा कमिशन आम्दानी पनि समीक्षा अवधिमा २१ दशमलव ७५ प्रतिशत घटेको छ ।

    पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १८ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ रहेको छ । त्यस्तै यस अवधिसम्ममा बैंकको जगेडा कोषमा ५९ करोड ५२ लाख रुपैयाँ छ । यस्तै बैंकको निक्षेप तीन दशमलव ११ प्रतिशतले बढेको छ भने कर्जा १४ दशमलव ०४ प्रतिशत बढेको छ ।

    यस अविधिमा बैंकको खुद नाफामा गिरावट आएसँगै प्रतिसेयर आम्दानी पनि चार रुपैयाँ ५६ पैसाले घटेको छ । हाल प्रतिसेयर आम्दानी १७ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ९१ पैसा छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend