Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • इन्भेष्टमेन्ट बैंकले कमायो एक अर्ब ६२ करोड नाफा

    इन्भेष्टमेन्ट बैंकले कमायो एक अर्ब ६२ करोड नाफा

    नेपालमञ्च संवाददाता
    माघ ७ २०७८, शुक्रबार

    काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले यस अवधिसम्ममा एक अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा अर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा दुई दशमलव ३८ प्रतिशतले धेरै हो । गत वर्ष यसले एक अर्ब ५८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    यो त्रैमाससम्ममा आइपुग्दा पुस मसान्तसम्म आइपुग्दा इन्भेष्टमेन्टको खुद ब्याज आम्दानी १९ दशमलव ३० प्रतिशतले घटेको छ । यसको वितरणयोग्य नाफा भने ४८ दशमलव २१ प्रतिशतले घटेर २५ करोड ५७ लाख रुपैयाँमा झरेको छ ।

    यस अवधिमा सञ्चालन नाफा भने तीन दशमलव २७ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन चार दशमलव ४० प्रतिशत र कर्जा लगानी १९ दशमलव ६७ प्रतिशतले बढेको छ ।

    समीक्षा अवधिसम्मा बैंकको प्रतिसेयर आम्दानी पनि एक रुपैयाँ ९७ पैसाले घटेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend