Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • कृषि विकास बैंकको नाफामा सात दशमलव ६३ प्रतिशतको वृद्धि, अन्य सूचक यस्तो छ

    कृषि विकास बैंकको नाफामा सात दशमलव ६३ प्रतिशतको वृद्धि, अन्य सूचक यस्तो छ

    नेपालमञ्च संवाददाता
    माघ ७ २०७८, शुक्रबार

    काठमाडौँ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवर्ण अनुसार पुस मसान्तसम्ममा बैंकले एक अर्ब ४२ करोड २५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा सात दशमलव ६३ प्रतिशतले मात्र वृद्धि भएको हो ।

    समीक्षा अवधिसम्ममा बैंकले तीन अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा बैंकको सञ्चालन नाफा नौ दशहमलव ८८ प्रतिशतले बढेको छ ।बैंकको वितरणयोग्य नाफा भने ६८ करोड १५ लाख रुपैयाँ रहेको छ ।

    प्स मसान्तसम्ममा बैंकको निक्षेप संकलन घटेको छ भने कर्जा लगानी बढेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने एक रुपैयाँ ५४ पैसाले बढेर १९ रुपैयाँ ११ पैसा पुगेको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend