आइतबार, माघ ९ २०७८

दिक्तेल रुपाकोट मझुवागढीमा तीन जनालाई कोरोना पुष्टि

दिक्तेल रुपाकोट मझुवागढीमा तीन जनालाई कोरोना पुष्टि


Nepal Manch
पौस ३० २०७८, शुक्रबार

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । शुक्रबार १० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले सचेत रहेर ‘आफू बच्न र अरूलाई बचाउन’का लागि आग्रह गरेको छ ।

कोभिड–१९ को संक्रमणबाट जोगिनका लागि नगरपालिकाले भिडभाड नगर्न आव्हान गरेको छ । जिल्लामा केही दिन यता दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएको छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट