आइतबार, माघ ९ २०७८

पछिल्लो २४ घण्टामा पाँच हजार ८७ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा पाँच हजार ८७ संक्रमित थपिए


Nepal Manch
पौस ३० २०७८, शुक्रबार

काठमाडौँ- देशभर शुक्रबार पाँच हजार ८७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनाको कोभिड परीक्षण गरिएको थियो । बिहीबार १५ हजार ८१ जनाको परीक्षण गरिएको थियो ।

२४ घण्टामा तीन सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १५ हजार ६५३ जना संक्रमणमुक्त भइसकेका छन् । कोभिड संक्रमणकै कारण तीन जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ६१३ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित १८ हजार २३५ जना छन् । आज मात्र तीन लाख २० हजार २६७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट