आइतबार, माघ ९ २०७८

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघकाे अध्यक्षमा कैलालीका चौधरी निर्वाचित

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघकाे अध्यक्षमा कैलालीका चौधरी निर्वाचित


Nepal Manch
पौस २९ २०७८, बिहिबार

कैलाली । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा सञ्जयकुमार चौधरी विजयी भएका छन् ।

बिहिवार चितवनको सौराहामा सम्पन्न नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको छैटौं महाधिवेशनबाट २६९ मत प्राप्त गरि चौधरी विजयी भएका हुन । उनले २६९ मत प्राप्त गरी विजयी हासिल गर्दा अध्यक्षका प्रत्यासी नवराज ढकालले १७१ र मातृका सिवाकोटीले ३५ मत प्राप्त गरेका थिए ।

त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा दिवाकर घिमिरे, उपाध्यक्षमा किरण कुमार खनाल, पुष्पराज पौडेल र संजिव सत्याल विजयी भएका छन । यसैगरी उप-महासचिवमा यमलाल लोहनी, महिला सचीवमा सकुन्तला देवी शर्मा विजयी भएका छन ।

चौधरी बुक डिपो धनगढीका सञ्चालक समेत रहेका चौधरी विभिन्न संघसंस्थामा समेत आबद्ध रहेका छन ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट