आइतबार, माघ ९ २०७८

राष्ट्रपतिले किन मानिनन् गृह मन्त्रालयकाे निर्देशन ?

राष्ट्रपतिले किन मानिनन् गृह मन्त्रालयकाे निर्देशन ?


Nepal Manch
पौस २७ २०७८, मंगलबार

काठमाडौं । गृह मन्त्रालयले साेमबार जारी गरेकाे सूचना देशकै उच्च ओहाेदामा बसेकी राष्ट्रपति विद्यादेवी भण्डरीले मानेकी छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी जयन्तीका अवसरमा मंगलबार सिंहदरबार मूलगेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने क्रममा काेराेना भाइरसकाे महामारी न्यूनीकरण गर्न जारी गरिएकाे प्राेटाेकल उल्लघंन गरेकी छन् ।

सेनाको विशेष टुकुडीसहित उनले माल्यार्पण गरेकी हुन् । सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा नदिए पनि आज देशभर पृथ्वी जयन्ती विशेष रूपले मनाइएको छ । यही क्रममा राष्ट्रपति भण्डारी दलबदलसहित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।

गृह मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन नपाउने सर्कुलर जारी गरेको छ । तर, पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ना जाँदा सयौंको उपस्थिति थियो । यसले सरकारले नै जारी गरेको मापदण्डको खिल्ली उडाएको प्रस्ट हुन्छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट