आइतबार, माघ ९ २०७८

अन्ततः लकडाउनबारे अर्थमन्त्री शर्माले खोले मुख

अन्ततः लकडाउनबारे अर्थमन्त्री शर्माले खोले मुख


Nepal Manch
पौस २७ २०७८, मंगलबार

काठमाडौँ । विश्वभरि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनको चपेटामा विश्वका अधिकांश देशमा परेका छन् । सोही क्रममा नेपालमा पनि नयाँ भेरियन्ट ओमीक्रोनको चपेटामा परेको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको दर दिनप्रति दिन बढिरहेको छ ।

जसको न्यूनीकरणका लागि सीसीएमसीले विभिन्न निर्णय गरी सरकारलाई सिफारिस गरेको छ । सोही निर्णयअनुसार विभिन्न मन्त्रालयहरुले सूचना जारी गरिरहेको छन्। सोही क्रममा अर्थमन्त्री जनार्दन शर्माले देशमा पहिलाको जस्तो अब लकडाउन नहुने बताएका छन्।

बैंक तथा वित्तीय संस्था परिसंघको दोस्रो वार्षिक साधारणसभामा बोल्दै मन्त्री शर्माले कोरोना महामारीको अर्को लहर चलेसँगै भीडभाडमा कडाइ गरे पनि सरकार लकडाउनको पक्षमा नरहेको बताएका हुन्।

मन्त्री शर्माले सुरक्षित हुने उपाय अवलम्बन गरिए पनि लकडाउन नगरिने दाबी गरे। यसैबीच, मन्त्री शर्माले आयात थप रोक्ने नीति थप ल्याउने तयारी गरिरहेको बताएका छन्।

सँगै उद्योग र बैंकलाई नकारात्मक प्रभाव परेका नीति संशोधन हुने उनको भनाइ छ। मन्त्री शर्माले बैंक र उद्योगीले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताउँदै बैंकको कर घटाउन छलफल गरिने तर संकटमा पनि नाफा कमाउनुपर्छ भन्ने मान्यताबाट बैंक चल्न नहुने बताए।

त्यस्तै सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनपछि पार्टीमा नेताहरुमा कोरोना संक्रमण देखिन थालेको छ। माओवादीको पुस ११ देखि १८ गतेसम्म प्रज्ञा भवन कमलादीमा चलेको महाधिवेशनमा सहभागी भएका नेताहरुमा धमाधम काेराेना संक्रमण देखिन थालेकाे हाे ।

महाधिवेशन यस्तो बेलामा थियो कि देशभर कोरोना संक्रमण बढ्दै थियो भने नयाँ भेरियन्ट ओमिक्रोन​ समेत छिटपुट रुपमा देखिन थालेको थियो । पर्याप्त स्वास्थ्य मापदण्ड पालना हुन नसकेको माओवादीको सोही महाधिवेशनबाट नेताहरुमा कोरोना संक्रमण देखिन थालेको आशंका गरिएको छ ।

हालसम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ,शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडी, हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, युवा नेताहरु रामप्रसाद सापकोटा, सुमन देवकोटा, सुवोध श्रीपाली, पञ्चा सिंह, रमेश मल्ल लगायतमा कोरोना पुष्टि भएको छ । यसअघि नै माओवादीको केन्द्रीय कार्यालय समेत कोरोना संक्रमणकै कारण बन्द गरिसकिएको छ ।

केही दिनयता निवासमा भेटघाट नै बन्द गरेर बसेका प्रचण्डमा कोरोनाको लक्षण देखिन थालेपछि शुक्रबार ललितपुरको एक निजी ल्याबमा कोरोना परीक्षण गराएका थिए । सो परीक्षणमा शुक्रबार नै संक्रमण पुष्टि भएपनि प्रचण्डको सचिवालयले शनिबार बिहानमात्रै औपचारिक जानकारी गराएको थियो ।

माओवादीसहित एमाले, कांग्रेस, राप्रपाका पनि राजनीतिक गतिविधि भइरहेका छन् । जनस्वास्थ्यका मापदण्ड नपनाइने भइरहेका राजनीतिक गतिविधिले कोरोना संक्रमण बढाउने सक्ने देखिन्छ ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट