अवैध लागूऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ

बिराटनगर : झापा र सुनसरीका तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका३ बाट लागूऔषध एन्फाटामाईन आईस र ब्राउनसुगर सहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कचनकवल गाँउपालिका ६ का २५ बर्षीय पञ्चानन्द राजवंशी, कचनकवल गाँउपालिका ७ का ५० बर्षीय हेमनायायण राजवंशी, मोरङ उर्लावारी ६ का २० बर्षीय बिष्णु पोदार र उर्लावारी ५ का १६ बर्षीय किशोर रहेका छन् । उनीहरुको साथबाट प्रहरीले एन्फाटामाईन आईस ६० ग्राम र ब्राउनसुगर ८० ग्राम बरामद गरेको छ ।

यसैगरी झापाकै बुद्धशान्ती गाउँपालिका ३ बाट स्थानीय २६ बर्षीय सुवास लिम्बु ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले ५ ग्राम लागूऔषध ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका २ बाट पाँचथरको फिदिम नगरपालिका १ का २३ बर्षीय सुवास आचार्य लागुऔषधसहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले आचार्यलाई ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

TOP