
आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ ।
आइतबार तोलाको ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
छापावाला सुनको मूल्य आज सोमबार २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८६ हजार ७ सय ५० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै, आज सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।
हिजो तोलाको १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया