२०७८, ६ बैशाख सोमबार
Nepal 1:37:26 pm
Trending
#काेराेना अविश्वासको प्रस्ताव एमसीसी कर्णाली प्रदेश काेराेना केपी शर्मा ओली कोरोना कोरोना खोप कोरोना भाइरस कोरोना संक्रमण कोरोना संक्रमित जनता समाजवादी पार्टी नवीन्द्रराज जोशी नेकपा एमाले नेकपा माओवादी केन्द्र नेत्रविक्रम चन्द विप्लव नेपाल पत्रकार महासंघ नेपाली कांग्रेस पुष्पकमल दाहाल प्रचण्ड प्रकाशमान सिंह प्रचण्ड प्रचण्ड-नेपाल प्रतिनिधिसभा प्रधानमन्त्री केपी शर्मा ओली बाबुराम भट्टराई भारत भीम रावल महन्थ ठाकुर महेन्द्रबहादुर शाही माओवादी केन्द्र माधवकुमार नेपाल माधव कुमार नेपाल मेलम्ची मेलम्चीको पानी मौसम मौसम पूर्वानुमान महाशाखा वायु प्रदूषण शेरबहादुर देउवा संसद पुनर्स्थापना संसद विघटन संसदीय दल सर्वदलीय बैठक सर्वाेच्च अदालत सर्वोच्च अदालत सूर्य थापा
फेरि सामाजिक सञ्जालमा फर्किने योजनामा डोनल्ड ट्रम्प
नेपालमञ्च संवाददाता
२०७७ चैत्र ९ सोमबार
  •  
  •  
  •  
  •  

73

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प चाँडै नै नयाँ प्लेटफर्ममार्फत् सामाजिक सञ्जालमा फर्किने उनका सल्लाहकारले बताएका छन्।

“मलाई लाग्छ हामी राष्ट्रपति ट्रम्पलाई दुईदेखि तीन महिनामा सामाजिक सञ्जालमा फर्किएको देख्नेछौँ,” जेसन मिलरले फक्स न्यूजलाई बताए।

मिलरले त्यो माध्यम सामाजिक सञ्जालमा सबैभन्दा चर्चित हुने र त्यसले सामाजिक सञ्जाल प्रयोगलाई ुपुनर्परिभाषितु गर्ने बताए।

ज्यानुअरी ६ मा अमेरिकी संसद् भवनमा भएको हिंसात्मक आक्रमणपछि ट्रम्पलाई ट्विटर र फेसबुकले प्रतिबन्ध लगाएका छन्। सो आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो।

ट्रम्पले थप हिंसाका लागि उकास्न सक्ने भन्दै ट्विटरले उनको अकाउन्टलाई स्थायी निलम्बन गरेको बताएको थियो।

ट्रम्पले १० वर्ष मूलधारका सञ्चारमाध्यमलाई बेवास्ता गर्दै मतदाताहरूमाझ प्रत्यक्ष कुरा राख्न ट्विटरको प्रयोग गरेका थिए। उनका नौ करोड फलोअर्स थिए।

ट्रम्प कुन प्लेटफर्मबाट सामाजिक सञ्जालमा फर्किन्छन् भन्ने स्पष्ट छैन।

मिलरले त्यसबारे कुनै जानकारी नदिई सबै जना राष्ट्रपति ट्रम्पले के गर्छन् भन्ने हेर्न कुरिरहेको बताए।

उनले ट्रम्पले फ्लोरिडामा यसबारे केही उच्चस्तरीय बैठक गरेको र थुप्रै कम्पनीले ट्रम्पलाई यस विषयमा सम्पर्क गरिसकेको बताए।

“यो नयाँ प्लेटफर्म ठूलो हुनेवाला छ,” ट्रम्पले करोडौँ व्यक्तिलाई सो प्लेटफर्ममा आकर्षित गर्ने बताउँदै मिलरले भने।

भर्खरै