आइतबार, माघ ९ २०७८

शेखरलाई लक्षित गरी रामचन्द्र पौडेलका छोराले भने– पार्टीको बैठकमा नबोल्ने अनि भट्टीमा बसेर गाली गर्ने ?

शेखरलाई लक्षित गरी रामचन्द्र पौडेलका छोराले भने– पार्टीको बैठकमा नबोल्ने अनि भट्टीमा बसेर गाली गर्ने ?


Nepal Manch
पौस २५ २०७८, आइतबार

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले सांकेतिक रूपमा नेपाली कांग्रेसको शेखर कोइरालाको नेतृत्वमा रहेको संस्थापन इतर समूहमाथि निशाना साँधेका छन् ।

कांग्रेसको संस्थापन इतर विचार समूहले रामचन्द्र पौडेल सभापति शेरबहादुर देउवासँग मिलेको भन्दै उनलाई आफ्नो समूहमा नरहेको पुरानो बानेश्वरस्थित अनुपम फूडल्याण्डबाट घोषणा गरेको थियो ।

पौडेलका छोरा चिन्तन पौडेलले फेसबुकमा त्यही निर्णयलाई लक्षित गर्दै स्ट्याटस लेखेको संकेत मिल्छ । यद्यपि उनले कुनै पार्टी र दलका नेताको नाम किटान भने गरेका छैनन् ।

चिन्तनले लेखेका छन्, ‘नेपालका दलका नेता ! दलको बैठकमा नबोल्ने , संसदमा नबोल्ने तर बाहिर भट्टी वा गल्ली गल्लीमा बसेर बोल्ने , भाषण दिने र गाली गर्ने । यस्तै पाराले देशलाई राजनीतिक निकास र अग्रगमन तर्फ लग्ला र ?’

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पौडेललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गरेपछि निर्वाचन प्रक्रियाबाट बाहिर रहेको व्यक्ति कसरी मनोनित हुन मिल्छ भन्दै नैतिकताको प्रश्न उठाएका थिए ।


फेसबुक प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट