नेपाली क्रिकेटरले एक वर्षकाे तलब एकमुस्ट पाउँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आवद्ध महिला तथा पुरुष खेलाडीहरुले गत बर्षको पारिश्रमिक एकैसाथ पाउने भएका छन ।

नेपाल क्रिकेट संघ ९क्यान० ले राष्ट्रिय टोलीको केन्द्रीय अनुबन्धनमा रहेका महिला र पुरुष खेलाडीहरुलाई गत वर्षको तलब आज र भोलि दिन लागेको हो ।

क्यानको आर्थिक समितिको बैठकले अनुबन्धनमा रहेका सबै खेलाडी र मैदानका कर्मचारीको गत वर्षको पारिश्रमिक सोमबार र मंगलबार एकमुष्ट दिने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० बाट खेलाडी र ग्राउण्ड स्टाफ लगाएतको रकम निकासा भइसकेको भन्दै वितरण गर्न लागिएको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए।

महिला खेलाडीलाई आज र पुरुष खेलाडीको पारिश्रमिक भोलि भुक्तानी गर्ने उनले जानकारी दिए। क्यानले गत असोजमा पहिलो पटक महिला खेलाडीलाई समावेश गर्दै राष्ट्रिय टोलीमा अनुबन्ध गरेको थियो।

जसमा २२ जना महिला र २० जना पुरुष खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरिएको थियो। क्यानले यस वर्षको सम्झौता भने गर्न भ्याएको छैन्।

प्रतिक्रिया

TOP