
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाही प्रक्रिया अघि बढाएपछि एमालेकै माधवकुमार नेपाल समूह आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको छ । ओलीले नेपाल समूह गुट बनाउन सक्रिय भएको भन्दै नेपालसहितका नेताहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएका छन् ।
ओलीले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेका छन्। त्यसबारे छलफल गर्न आज नेपाल पक्षका स्थायी कमिटी सदस्यको अनौपचारिक बैठक बस्ने भएको हो। एक नेताका अनुसार बैठकमा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ।
प्रतिक्रिया