
काठमाडाैँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताएका छन्।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको ‘वाग्मती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका कार्यालयको कार्यसम्पादन समीक्षा एवं आगामी रणनीति निर्धारण कार्याशाला गोष्ठी’मा उनले त्यसतर्फ सरकारको ध्यान जाने बताए ।
तीन तहका सरकारको आ–आफ्न काम गर्ने कार्यक्षेत्र संविधानले नै व्यवस्था गरेकाले समायोजन भएर नआएसम्मका लागि त्यसको व्यवस्थापनको पहिलो दायित्व सङ्घीय सरकारको भएको उनकाे भनाइ छ । उनले समायोजन भइसकेपछि वाग्मती प्रदेशले प्रहरीका लागि धेरै काम गर्न सक्ने बताए । ‘जस्ताका छाप्रोमा र बहालमा बसिरहेका प्रहरीले साङ्गठनिक अवस्था चुस्त दुरुस्त नभएसम्म सोचेजस्तो काम गर्न सक्दैन,’ उनले भने, ‘भवन निर्माणदेखि गाडी किन्ने कुरामा प्रदेश सरकारले निरन्तरता दिनेछ ।’
कार्यक्रममा काभ्रेपलाञ्चोकलगायत वाग्मती प्रदेश प्रहरी तालीम केन्द्र दुधौली सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, रामेछाप, दोलखा र सिन्धुपाल्चोकको सहभागिता थियो । रासस
प्रतिक्रिया