सेती नदीमा भेटिएको शवको पहिचान हुन सकेन

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४०÷५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । ‘अनुहार चिन्न सक्ने अवस्था छैन, ती पुरुषले टिसर्ट र ट्र्याक लगाएका छन्,’ उनले भने ‘पाँच फिट जति उचाइ छ । रासस

प्रतिक्रिया

TOP