सांसद भन्छन् : भ्रमण भत्ता थोरै भयो बढाउनु पर्याे

काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिका सभापतिहरुले सांसदहरुको भ्रमणभत्ता बढाउनुपर्ने माग राखेका छन् ।

आइतबार सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापतिसँग छलफल गरे ।

छलफलमा सभापतिहरुले सांसदको भ्रमण भत्ता अत्यन्तै न्यून भएकाले काठमाडौं बाहिर अध्ययनमा जानै समस्या भएको बताएका हुन् ।

‘सांसदको भ्रमण भत्ता अन्त्यन्तै न्यून छ । त्यसमा कति के गर्न सकिन्छ यसको व्यवस्था समय अनुसार हुनुपर्ने छ भनेर राख्यौं’ अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले भनिन् ।

जवाफमा सभामुख सापकोटाले यो विषयमा अध्ययन गर्ने जवाफ फर्काएको उनले जानकारी दिइन् ।

सांसदहरुलाई अहिले भ्रमण भत्ता २५ सय दिने व्यवस्था छ । यो रकम कम भएका कारण समितिलाई अध्ययनमा निस्कन समस्या हुने गरेको अर्थ समितिका सभापति कृष्ण दाहालले बताए ।

‘समिति अध्ययनमा बाहिर जान पर्यो भने पैसाको समस्या छ । बस्ने, खाने सबैका लागि २५ सय दिइन्छ, अरु अश्र मतलब छैन्’ दाहाल भन्छन्, ‘भ्रमण भत्ता कम भएकै कारण समिति सचिवालयले सांसदहरुलाई भ्रमणमा लैजान खोज्दैन । त्यसकारण भ्रमण भत्ता परिमार्जन गर्नपर्यो भनेर राख्यौं ।’

प्रतिक्रिया

TOP