
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टीको महाधिवेशनमा केन्द्रित रहेर छलफल गर्न भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी हुने बैठकले के निर्णय गर्छ भन्ने विषय महत्वपूर्ण मानिएको छ । बैठक दिउँसो २ बजे पार्टी मुख्यालय सानेपामा बस्दै छ । बैठकमा सत्तामा जाने विषयमा कांग्रेसले ठोस निर्णय लिने बताइएको छ ।
यता, हिजो आइतबारमात्रै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको छुट्टै बैठक बोलाएका थिए । पौडेल निवासमा नेताहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा। रामशरण महत, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए । कांग्रेसमा यतिबेला सरकारको नेतृत्व गर्नुपर्ने र सरकारमा सहभागी हुनै नहुने भन्ने दुई धार छ । त्यसो त सभापति देउवाको पछिल्लो मौनता पनि अनौठो छ ।
प्रतिक्रिया