संसदीय समितिका सभापति र सभामुखबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई प्रभावकारी बनाउनेबारे समिति सभापतिसँग छलफल गरेका छन् ।

सभामुख सापकोटाले समितिमा रहेका विधेयकहरुको अवस्थाका बारेमा पनि समितिका सभापतिहरुसंग सामूहिक छलफल गरेका हुन्।

सिंहदरबारमा आइतबार प्रतिनिधिसभा पुनःस्थापना भएपछि सभामु र समिति सभापतिबीच छलफल भएको हो ।

समितीमा रहेका बिधेयकहरु र सरकारलाई संसदप्रति जवाफदेही बनाउनका लागि भएका प्रयासका बारेमा छलफल भएको राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

समितिमा सभापतिहरूले कार्यक्षेत्रको विवाद र समितिका संयुक्त बैठकलाई कसरी व्यवस्थित गर्ने भन्ने पनि छलफलको विषय बनेको उनले बताइन् ।

कानुन निर्माणका क्रममा जनताको अपनत्व स्थापित हुने कानुन निर्माण गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

संघीय संसद्का विभिन्न समितिहरूमा ५० भन्दा बढी विधेयक, सन्धि, अध्यादेश तथा सम्झौता अड्किएर बसेका छन् ।

प्रतिक्रिया

TOP