कांग्रेसले बोलायो पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका सदस्यहरुसँग छलफल गर्न भोलि दिउँसो बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार चैत १० गचेभित्र एक निर्वाचन क्षेत्र भएका जिल्लाले नयाँ क्रियाशील र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाले नवकरणको सूची केन्द्रमा पठाइसक्नुपर्ने छ ।

बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने नेताहरुले बताएका छन् । । आज मात्र (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।

पौडेल पक्षले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया

TOP