नक्कली औषधिदेखि सावधान! यो औषधिमाथि सरकारले लगायो प्रतिबन्ध

काठमाडौं : औषधि व्यवस्था विभागमा दर्ता नभई विक्रि वितरण हुँदै आएको एउटा औषधिमाथि सरकारले प्रतिवन्ध लगाएको छ ।

विभागमा दर्ता नभएको र राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा औषधिको लेबलमा उल्लेख गरिएको औषधिसमेत नरहेको भेटिएको हो।

औषधि व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै निओलोर (लोराजेपाम इन्जेक्सन) औषधि नक्कली भएको जनाएको छ ।

नियोन ल्याबोटोरिज लिमिटेडले उत्पादन गरेको उक्त इन्जेक्सन नक्कली भएको पुष्टि गर्दै विभागले विक्रि वितरणमा रोक लगाएको हो ।

सूचनामा भनिएको छ, ‘अनुगमनको क्रममा संकलन गरिरएको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा विभागमा दर्ता समेत नभएको, लेबलमा भए अनुसारको औषधि नपाइएकाले औषधि नक्कली समेत भएकाले उक्त औषधि सिफारिस, विक्रितविरण तथा प्रयोग नगर्न अनुरोध छ ।’

प्रतिक्रिया

TOP