टिपरले दुई मोटरसाईकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

झापा : झापाको दमक नगरपालिका-४ चियाबगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

शनिवार साँझ साँढे ५ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क १०८२ नम्बरको टिपरले बिपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४४ प ८१३३ र को २८ प ११३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा दुबै मोटरसाकलमा सवार रहेका ५ जना घाईते भएका थिए ।

घाईतेहरु मध्ये प्रदेश १-०२-०४४ प ८१३३ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका-८ का २३ बर्षीय निरन बस्नेतको बी एण्ड सीअस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही मोटरसाईकलको पछाडी सवार रतुवामाई नगरपालिका-८ का २४ बर्षीय अनिष कोईरालालाई उपचारार्थ अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मोटरसाईकललाई ठक्कर दिने टिपर, टिपर चालक तथा दुबै मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

TOP